राजनीति

एमाले अध्यक्ष ओलीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा


काठमाडौँ – माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो ।

न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा पेसी तोकिएको भएपनि आज सर्वाेच्चले हेर्न नमिल्नेमा राखेको छ । यसअघि गत मंगलबार ओलीको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।