राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि


काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गतेदेखि बस्ने भएको छ। पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीका अनुसार बैठकले जिम्मेवारी विभाजनको निर्णय गर्नेछ । उनले भने, ‘बैठकले जील्ला इन्चार्ज, अध्यक्ष, प्रदेश अध्यक्ष, सचिव तोक्नेछ ।’

यस्तै, बैठकले पार्टीको चार महिने कार्ययोजना टुंगो लगाउनेछ । बैठकले राष्ट्रिय सम्मेलनको मिति पनि तय गर्ने उनले बताए । भदौ ९ गते नयाँ दलको मान्यता पाएको एकीकृत समाजवादीको पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।