समाचार

निपा भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ – भारतमा निपा भईरसको संक्रमण देखिएसँगै नेपालमा पनि फैलिन सक्ने भएको यसप्रति सचेत रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । खुला सिमान भएकोले नेपालमा पनि फैलन सक्ने सम्भावना भएकोले सचेत रहन आग्रह गरेको हो ।

नेपालमा अहिलेसम्म यस्तो कुनै संक्रमण नदेखिए पनि सचेत हुनु पर्ने मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताएका छन् । निपा भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ ।

यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपा भाइरस सर्ने गर्दछ । पछिल्लो समय भारतको केरला राज्यमा निपा भाइरसको सङ्क्रमण देखिएको छ ।