राजनीति

एमालेको माग- १४ सांसदलाई कारवाही वा सभामुखको राजीनामा


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न माग गरेको छ । पार्टीका मुख्य सचेतक विशाल भट्टराईले अब पार्टीको बटमलाइन माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न वा पदबाट मार्ग प्रशस्त गर्न माग राखेका हुन् ।

एमाले आजको सर्वदलीय बैठकमा सहभागी नहुने भएकाले यस विषयको जानकारी भेटमार्फत् गराउने भट्टराईले बताएका छन्। एमालेले माधवकुमार नेपाल नेतृत्त्वको नेकपा (एकीकृत समाजवादी)लाई अवैधानिक पार्टी भन्दै आएको छ । सो पार्टी सहभागी हुने भएपछि एमाले सर्वदलीय बैठकमा नजाने निर्णय गरेको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।