राजनीति

एकीकृत समाजवादीको केन्द्रीय बैठक बस्दै


काठमाडौँ – नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न असोज ५ गतेका लागि बैठक बोलाएको हो ।

बैठक बस्ने भनिए पनि स्थानको भने अहिले टुङ्गो लाग्न सकेको छैन । पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी तोक्नु छ । जनवर्गीय सङ्गठन बनाउन छ । यी यस्तै विषयमा निर्णय लिन बैठक राखिएको हो ।

भदौ ९ गते नयाँ दलको मान्यता पाएको एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय कमिटी बैठक गर्दै छ ।