विदेश

भैंसीमा चढेर उम्मेद्वारी दर्ता गर्न पुगेपछि


काठमाडौँ – भारतमा पञ्चायत चुनावका लागि भैंसीमाथि चढेर उम्मेद्वारी दर्ता गर्न पुगेका छन् । बिहार राज्यको कटिहार जिल्लाको रामपुरका एकजना उमेदवार आजाद आलम उर्फ गुड्डू आइतबार भैंसीमाथि चढेर मुखिया पदका लागि उम्मेद्वारी दर्ता लागि पुगेका हुन् ।

“म एक गोठालो हुँ । गरिब किसान हुँ । पेट्रोल, डिजेल किन्न सक्दिन । सवारीको कुनै उपाय नभएपछि भैंसीमा चढेर आएको हुँ,” उनको भनाइ उद्धृत गर्दै एएनआईले लेखेको छ ।

गुड्डूले चुनाव जितेमा किसान, मजदुर तथा गरिबका लागि काम गर्ने बताएका छन् । बिहारमा यही सेप्टेम्बर २४ देखि डिसेम्बर १२ सम्म ११ चरणमा पञ्चायत चुनाव हुँदैछ ।उनलाई यस्तो अवस्थामा देखिपछि सुरक्षाकर्मीले रोकेका थिए ।