राजनीति

एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको सुनुवाइ आज, दुबै पक्षसँगको छलफलपछि निर्णय लिइने


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले दायर गरेको तीन रिटमध्ये दुईवटाको सुनुवाइ आज हुने भएको छ । ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सभा सदस्यहरूलगायतलाई विपक्षी बनाउँदै १७ भदौमा सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।

एउटा रिटमाथि अन्तरिम आदेश दिन नसकिने जनाइएको थियो भने अन्य दुई रिटमाथि दुवै पक्षलाई बोलाई छलफलपछि अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्ने आदेश भएको थियो । ओलीले एकीकृत समाजवादी दर्ता बदर हुनुपर्ने मागसहित दायर गरेको रिटमाथि छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । साथै लुम्बिनी प्रदेश सभाका दुई सदस्य विमला वली र अजय शाहीलाई पदमुक्त गरिनुपर्ने पनि अध्यक्ष ओलीको माग छ । यी दुवै विषयमाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा सर्वोच्चले निर्णय गर्नेछ ।