राजनीति

संसद अवरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले एमालेले लगातारको अवरोधपछि संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।