राजनीति

एमालेको लगातारको अवरोधपछि संसद बैठक २९ गतेसम्मका लागि स्थगित


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । यसबीचमा सभामुख अग्नि सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सहज ढंगले सञ्चालनको प्रयास गर्नेछन् ।

एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै आइतबार दुई पटकसम्म संसद अवरुद्ध पारेको हो ।

विपक्षी दलका सांसदहरुले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘सभामुख अग्नि सापकोटा मुर्दाबाद’ लगायत नारा लगाउँदै संसदको अग्रभाग घेरेका थिए । सभामुख सापकोटाले आफ्नो आसनबाट पटकपटक विपक्षी दलका सांसदहरुलाई विरोध स्थगित गरेर सबैको अधिकारको रक्षा गर्न आग्रह गरेका थिए ।