राजनीति

एमाले संसदीय दलको बैठक जारी


काठमाडौँ – आइतबारको चल्ने संसद् बैठकमा एमालेको भूमिकाबारे छलफल गर्न अहिले नेकपा एमाले संसदीय दलको बैठक जारी रहेको छ ।

आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले सदन अवरुद्ध गर्दै आईरहेको छ । उनीहरु आजको सदन पनि अवरुद्ध गर्ने तयारीमा रहेका छन् । उनीहरुले सभामुख अग्नि सापकोटाको भूमिकामाथि नै प्रश्न उठाएका छन् ।

आक्रोशमा एमाले सांसदहरुले गत शुक्रबार प्रधानमन्त्री र गृहमन्त्रीको आसन अगाडिको माइक खोसेर सभामुखको आसनतर्फ प्रहार गर्ने कोसिस गरेका थिए ।