काठमाडौँ – शनिबार झापामा आगलागीबाट तीन जना घाइते भएका छन् । अर्जुनधारा नगरपालिका–७ मा खाना पकाउने ग्यासको फेरेर बाल्ने क्रममा ग्यास चुहावट भई लागेको आगोले एकाघरका तीन घाइते भएका हुन् ।
आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएका छन् । घाइतेको विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुमध्ये रोमनाथको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
डेढ घण्टापछि आगो नियन्त्रणमा लिन करिब डेढ घण्टा लागेको थियो । बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको समन्वयनमा आगो नियन्त्रणमा लिएको थियो । उक्त आगलागीबाट परिवारको टिनको छानो भएको एकतले पक्की घरमा क्षति पुगेको छ।


प्रतिक्रिया