राजनीति

सीसीएमसीको बैठक बस्दै


काठमाडौँ – निषेधाज्ञा हटाइ सकेपछिको आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्ने भएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो साताको कोरोना संक्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्न लागेको हो ।

सरोकारवाला निकायसँग समीक्षा गरिसकेपछि उपत्यकाका तीन प्रमुख अधिकारीहरुको बैठक बस्दै छ । गएको सातादेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा हटेर सबै किसिमका व्यवसायहरू सञ्चालन भइरहेका छन् । पछिल्लो साताको संक्रमणदर हेर्दा ३०० को हाराहारीमा देखिएको छ ।

आउँदो असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने सम्बन्धमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका पदाधिकारी र अभिभावकबीच सहमति भइसकेको छ । हालको स्थितिमा भने विद्यालयहरू स्थानीय तहको अनुमतिमा सञ्चालन भइरहेका छन् ।