देश

कांग्रेस नेता महतोको निधन


काठमाडौँ –नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको निधन भएको छ । ७४ वर्षीय महतोको आज बिहान कोहलपुर मेडिकल कलेजस्थित उपचारका क्रममा निधन भएको हो ।

महतोलाई रक्तचापका कारण अचानक छाती दुखेपछि उपचारका लागि सो मेडिकल कलेज पुर्‍याइएको थियो । उनको आज नै स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा न्तिम संस्कार गर्ने छ ।

कैलाली लम्कीचुहा नगरपालिका–९, वनवर्सा गाउँ निवासी उनी पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका थिए । तत्कालीन संविधानसभाका सदस्य महतोको नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि महत्वपूर्ण योगदान रहेको छ ।

उनका श्रीमती तीन छोरा र तीन छोरी छन् ।