देश

एकीकृत समाजवादीको भक्तपुर जिल्ला कमिटी गठन


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले भक्तपुरमा ७७ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । नेकपा (एमाले)का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

नेता बस्नेत यसअघि गठन गरिएको एमालेको समानान्तर जिल्ला समितिका सचिव थिए । समितिका उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन भएका छन् ।

नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीको उपस्थितिलाई बलियो बनाइने जानकारी दिए ।