राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, आज पनि बैठक अवरुद्ध गर्ने एमालेको तयारी


काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।

शुक्रबार प्रमुख प्रतिपक्षी एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ । पछिल्लो समय एमालेले संदन निरन्तर अवरोध गरिरहेको छ । सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरिरहेको छ ।

एमाले फुटाउन सभामुखले भूमिका खेलेको आरोप एमालेका सांसदहरूले लगाएका छन् । एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ ।