राजनीति

सत्तारुढ गठबन्धनको बैठक बस्दै


काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेपछि बैठक बस्ने भएको छ ।

बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी एमालेले सदन निरन्तर अवरोध गर्दै आएको छ । एमालेको अवरोधका बाबजुद संसदलाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने जसपा अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो । मन्त्रिपरिषद विस्तारमा देखिएको समस्याबारे पनि छलफल हुने उहाँले बताउनुभयो ।

राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा सत्तारुढ दलहरूबीच छलफल भइरहेको छ । नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ ।