राजनीति

माधव नेपालले पार्टी फुटाएर एमालेलाई कुनै असर परेको छैन : ईश्वर पोखरेल


काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताउनुभएको छ । शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताउनुभएको हो ।

उहाँले नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताउनुभयो । महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरुले काम गर्ने बताउनुभयो । महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो ।