राजनीति

संसद्भित्र सांसदको जंगली व्यवहार


काठमाडौँ – नेपाली नागरिक यतिखेर सत्तापक्ष र विपक्षको तमास हेरेर दिक्क भएका छन् । ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझै सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुको भने जुहारी चलिनै रहेको छ । यसले सर्वसाधारणलाई कति असर परेको छ भन्ने उनीहरुलाई केही हेक्का नै छैन । शुक्रबार नीति निर्माण र देश चलाउने जननिर्वाचित प्रतिनिधिहरुकले संसद् भवनभित्र गाइजात्रा नै गरे । हुन त गाई जात्रा सकिएको धेरै दिन पनि भएको छैन, त्यसका बावजूद पनि नेताहरुले गाईजात्रा भने देखाउन छोडेनन् । जनताको भोटले नै संसद् भवनभित्रसम्म पुर्याए तर, उनीहरुले संसद् भवनभित्र गर्नु पर्ने व्यवहार भने देखाउन सकेनन् । सामान्य मर्यादाको पनि वास्ता नगरी जंगली व्यवहार देखाउन पद्धि परेनन् ।

दुई पटक विघटन भएर सर्वाच्च अदालबाट पुन:स्थापना भएको सदनमा नै अहिले सांसद्हरुको कुदाकुद र नाराबाजी चलिरहेको छ । कतिपय सांसदहरुले भनेपदीय मर्यादाको पनि ख्याल नगरि अभिव्यक्ति दिइरहेका छन् । यो त संसद्मा शुक्रबार देखिएका प्रतिनिधि घटना हो । परेपछि सांसदहरु कुर्ची मात्र होइन टाउका फोड्न समेत पछि पर्दैनन् भन्ने दृष्टान्त शुक्रबार पनि देखियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद रेखा झाले खुलमखुल्ला सभामुखको टाउको फुटाउनेसम्मको अभिव्यक्ति दिइन् ।

झण्डै साढे तीन वर्षअघि नेकपाको बहुमतको सरकार बनेपछि देशमा स्थायित्व शुरू हुने र विकासको कामले गति लिने नागरिकको आशा थियो । तर दुई वर्ष पुग्दा नपुग्दै नागरिकको आशामाथि कालो बादल मडारिन थाल्यो । महामारीको बेला पनि सत्तारुढ दलकै नेताबीच कुर्सी जोगाउन र हत्याउन लुछाचुँडी गर्दा गर्दै नेकपा नै फुट्यो भने अन्नत ओली सरकार पनि ढल्यो । अहिले शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेका छन् । तर, देउवा सरकारले पनि अपेक्षीत काम गर्न नसक्दा जनताहरु ओक्रोशित बनेका छन् । झन संसद्को पछिल्लो चर्तिकला देखेपछि जनताले नेताहरुबाट कुनै आशा गर्न नसकिने निष्कर्ष निकालेका छन् ।

राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको भन्ने नेताहरू यस्तो प्रतिकुल अवस्थामा आफैँ भिडन्तमा उत्रिएका छन् । यसबाट नागरिक झनै निराश भएका छन् । सर्वसाधारणमा राजनीतिप्रति वितृष्णा बढ्नु देशका लागि पक्कै पनि राम्रो होइन ।