राजनीति

सरकार गठनको ६० दिन बित्यो, मन्त्रिमण्डलले अझै पाउन सकेन पूर्णता


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको ६० दिन पुगेको छ । तर यो अवधिमा देउवाले ४ मन्त्रीकै भरमा राजकाज चलाइरहेका छन् । पार्टीको महाधिवेशन, एमसीसी उपाध्यक्ष फातिमाको भ्रमण र गठबन्धनका दलहरुको आन्तरिक किचलोका कारण देउवा मन्त्रिमण्डल विस्तारमा अलमलिएका छन् ।। एक रिर्पोट

सरकार विस्तार भएको झण्डै ६० दिन बितिसक्दा पनि मन्त्रिमण्डल विस्तारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अलमल कायमै छ । मन्त्रिमण्डल विस्तार टुङग्याउँनकै लागि गठबन्धनको बैठक बारम्बार बसिरहेको छ । शुक्रवार विहान बसेको गठबन्धनको बैठकले तत्कालै मन्त्रिपरिषद् विस्तार गरेर सरकारका कामलाई गति दिने बारे छलफल भएको थयो । प्रधानमन्त्री देउवाले शीर्ष नेताहरुसँग मन्त्रीको नाम समेत मागेका थिए । र शुक्रवारै बेलुकी नै गठबन्धनको बैठक बसी पुनः मन्त्रिमण्डललाई पूर्णता दिइने भनिएता पनि गठबन्धनको अर्को बैठक नै अनिश्चित बनेको छ ।

यतिबेला राष्ट्रिय राजनीति भने एमसीसी उपाध्यक्ष फातिमा सुमारको भ्रमणमा केन्द्रित बनेको छ । जसका कारण पनि सरकार र गठबन्धन मन्त्रिमण्डलको विषयलाई लिएर गम्भिर देखिदैन । यता प्रधानमन्त्री देउवा भने आफ्नो पार्टीको महाधिवेशनमा मात्रै केन्द्रित बनिरहेका छन् । देउवालाई महाधिवेशन यति चिन्ता छ की उनी पार्टीको जिल्ला—जिल्लामा सम्पर्क गर्न भ्याउछन् । तर जनताका जनजिविकाका विषयमा भने देउवाले समय छुट्याउनै सकेका छैनन् ।

त्यसोत यसअघि गठबन्धनका दलहरुको आन्तरिक किचलोका कारण मन्त्रिमण्डल विस्तारमा सकस परिरहेको थियो । अहिले पनि नेकपा एकीकृत समाजवादीका सांसदसँग सम्बन्धित विषय अदालतमा विचाराधिन रहेकाले सो पक्ष नै सरकारमा सहभागि हुन आनाकानी गरिरहेको छ । त्यस्तै जसपाका बाबुराम र उपेन्द्रपक्षबाट क—कसरलाई मन्त्रि बनाउने भन्ने टुंगो नभएकाले र आन्तरिक किचलोका कारण मन्त्रिमण्डल विस्तारमा सकस भएको छ । गठबन्धनको सरकार भएका कारण र दलीय समस्या रहेकाले केही ढिला हुन् गएको र अब एक दुई दिनमै यो विषयले पूर्णता पाउँने गठबन्धका नेताहरु दाबी गर्छन् ।

गठबन्धनको सरकारमा दलहरुको आन्तरिक किचलोले मन्त्रिमण्डल विस्तार लम्बिदै गईरहेको छ । गठबन्धन, एमसीसी र पार्टी महाधिवेशनको व्यवस्थापन गर्दै सरकारको कामलाई परिणममुखि बनाउन देउवालाई फलामको चिउरा चाएसरी भैरहेको छ । त्यसमा पनि विभिन्न बाहनामा मन्त्रिमण्डललाई पूर्णता दिन नपाएपछि देउवा नै गठबन्धनप्रति निराश बन्न पुगेका छन् ।