राजनीति

‘एमसीसीबारे नेकपाकै निर्णयमा अडिक’


काठमाडौँ – नेकपा एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेका निर्णयमा एमाले अडिग रहेको बताउनुभएको छ । उहाँले एमसीसीबारे सत्तापक्षको कदम हेरेर एमालेले निर्णय लिने बताउनुभयो ।

भट्टराईले नेकपा एमालेले एमसीसीको सम्झौतामा भएका कतिपय प्रावधानहरुलाई पुनःव्याख्या गर्नुपर्ने भएकोले नेपालको हीत बनाउनु पर्ने कुराहरु रहेकोले केही कुराहरुलाई संसोधन गरेर मात्रै एमसीसी अगाडि बढाउने बताउनुभयो ।

नेकपा हुँदा नै एमसीसीबारे निर्णय गर्न तीन सदस्यीय कार्यदल बनेको थियो । संशोधनसहित एमसीसीलाई अघि बढाउन सो कार्यदलले सुझाव दिएको थियो ।