राजनीति

एमाले स्थायी कमिटी बैठक सुरु


काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशन केन्द्रित स्थायी कमिटी बैठक सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजना भएको बैठकमा सहभागी हुन नेताहरु विहान ९ बजे नै पुगेका थिए ।

शुक्रवार निर्धारित बैठक संसदको कारवाहीका कारण आजलाई सरेको थियो । बैठकले स्थायी कमिटी सदस्यहरुको कार्यविभाजनबारे समेत निर्णय गर्ने बताइएको छ ।

एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो । एमाले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले हिजोको प्रतिनिधि सभा बैठक सञ्चालन गरेका थिए ।