राजनीति

एमालेको स्थायी कमिटी बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

बिहान ९ बजे ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिनुभयो । बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले बताउनुभयो ।

एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो । एमाले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले हिजोको प्रतिनिधि सभा बैठक सञ्चालन गरेका थिए ।