देश

परराष्ट्रविद्को दलहरुलाई सुझाव : परराष्ट्र सम्बन्धलाई बलियो बनाउन साझा धारणा तय गर्नुस्


काठमाडौँ – परराष्ट्रवीद्हरुले नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन ।

परराष्ट्रवीद् ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्कीलगायतका विज्ञहरुले अफगानिस्तानमा तालिवानी विद्रोहीको कब्जाको घटनाबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तत्काल बनाउन नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका हुन् ।

पूर्व राजदुत समेत रहनु भएका आचार्यले अन्य देशको अस्वभाविक प्रभाव र दवावलाई थेगेर मुलुकलाई अघि बढाउन राजनीतिक दलहरुले समान धारणासहितको परराष्ट्र नीति ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।

त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशीयाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्कीले मुलुकको राष्ट्रिय सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा उनीहरुले भारतसँगको खुला सीमा पनि नेपालको राष्ट्रिय सुरक्षाका लागि चुनौतिको विषय रहेको औंल्याएका थिए ।