देश

काँग्रेसको सोलु नगर सभापतिका लागि मिङमार शेर्पाको उम्मेद्‍वारी


काठमाडौँ – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा नेपाली काँग्रेसको नगर सभापतिका लागि मिङमार शेर्पाले उम्मेद्वारी घोषणा गरेका छन् ।

काँग्रेसको चौधौँ महाधिवेशनका लागि जारी तहगत अधिवेशनको क्रममा नगर सभापतिका लागि काँग्रेसको युवा नेता मिङमार शेर्पाले उम्मेद्‍वारी घोषणा गरेका हुन् । यही भाद्र २७ गते हुने पालिका स्तरीय अधिवेशनको लागि सभापति पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा संलग्न शेर्पा समाजसेवामा सक्रिय छन् ।

पार्टीभित्र कुसल संगठकका रुपमा परिचय बनाउँदै आएका शेर्पाले नगरभित्रका सवै क्षेत्रमा नेपाली काँग्रेसलाई एकढिक्का बनाएर लैजाने बताएका छन् । योहोखबरसँग कुरा गर्दै शेर्पाले आगामी निर्वाचनमा नगरपालिकालाई जिताउन कै लागि महत्वपूर्ण रहेकाले पार्टीमा आफ्नो जीत जरुरी रहेको बताए ।

मिङमार शेर्पाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं जिल्लाका प्रभावशाली नेता बलबहादुर केसीको प्यानलबाट उमेदवारी दिएका हुन् । नेता आङगेलु शेर्पा प्यानलबाट भने नगरसभापतिका लागि सोनामग्याल्जेन शेर्पाले उमेदवारी दिएका छन् ।