राजनीति

प्रतिनिधिसभा बैठक २७ गतेसम्मका लागि स्थगित


काठमाडौँ – प्रतिनिधिसभाको बैठक आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ ।

एमाले सांसदहरुको अवरोधका बीच चलेको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । यस्तै शोक प्रस्तावलगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो ।