राजनीति

एमालेको अवरोध छल्दै रोस्ट्रम पुगे अर्थमन्त्री, बजेट अध्यादेश संसदमा टेबल


काठमाडौँ – जनार्दन शर्मा एमाले सांसदहरुको अवरोधकै बीच रोस्ट्रम पुगेका छन् । सांसद प्रेम सुवालले बजेट अध्यादेश फिर्ता गरियोस् भन्ने प्रस्ताव गरेका थिए । तर अर्थमन्त्री रोस्ट्रममा पुगेपछि सुवालले आफ्नो प्रस्ताव फिर्ता लिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बजेट अध्यादेश पेस गर्न अर्थमन्त्री शर्मालाई अनुमति दिए ।