राजनीति

निवेदककै आग्रहमा कुलमानविरुद्ध परेको रिटको सुनुवाई स्थगित


काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । रिट निवेदक हितेन्द्रदेव शाक्यकै कानून व्यवसायीको निवेदनमा सुनवाइ स्थगित भएको हो।

प्राधिकरणका निवर्तमान प्रमुख शाक्यले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा चढेको थियो । प्रधानन्यायाधीश जबराकै एकल इजलासले ८ भदौमा मिसिल झिकाउन आदेश दिएको थियो । त्यसयता यो मुद्दामा सुनुवाइ हुन सकेको छैन ।