राजनीति

एमालेले आज पनि संसद् अवरुद्ध गर्ने


काठमाडौँ – सभामुख अग्नी प्रसाद सापकोटाले चित्त बुझ्दो जबाफ नदिएको भन्दै नेकपा एमालेले आज पनि संसद‍् बैठकमा अवरोध गर्ने जनाएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले सदन चल्न नदिने बताएका हुन् ।

नेकपा एमालले सभामुख सापकोटाले दल विभाजनमा भूमिका खेलेको भन्दै सभामुखप्रति एमालेका नेताहरु रुष्ट हुँदै आएको छ । एमालेले सभामुखको भूमिकामाथि नै प्रश्न उठाएको छ । एमालेले बुधबारको बैठकमा पनि सदन अवरुद्ध गरेको थियो।