राजनीति

मन्त्रिपरिषद् विस्तार गर्ने संकेत, देउवाले मागे मन्त्रीहरुको नाम


काठमाडौँ – झण्डै दुई महिनाभन्दा बढी दिनदेखि खाली रहेका मन्त्रालयको पदमा अब भने पदपूर्ति हुने संकेत देखिएको छ । आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले नेताहरुसँग सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम मागेका छन् । मन्त्रिपरिषद् विस्तारका लागि उनले सत्ता साझेदार दलका नेताहरूसँग मन्त्रीहरूको नाम मागेका हुन्।


एक घण्टा लामो गरी बसको बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

सत्ता साझेदार दलहरू नेकपा एकीकृत समाजवादी, जसपा र माओवादी केन्द्रले भने अहिलेसम्म मन्त्रीहरूको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भईरहको छ । सत्तारुढ गठबन्धनको बैठक आज साँझ ६ बजे पुनः बस्ने पौडेलले जानकारी दिइन् ।