राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्न लागेको हो ।

बैठकमा चालु संसद्मा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ । तामाङका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने छ । एमालेले बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो ।