राजनीति

आज प्रधानमन्त्री देउवा र फातिमाबीच भेटवार्ता हुने


काठमाडौँ – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार र उनको टोली आज नेपालका प्रधानमन्त्री शेरबहादूर देउवासँग भेटवार्ता गर्दैछन् । बिहीबार चार दिने नेपाल भ्रमणमा आएकी उनको टोलीले राजनीतिक दौडधुप तीव्र पारेका छन् ।

नेपाल आएलगतै सुमारले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता सुरु गरेकी छन् । बिहीबार काठमाडौं झरेलगतै फातिमाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् । ओली निवास बालकोट पुगेर भेटेकी उनका टोलीले एमसीसीबारे पार्टीको धारणा बुझेका छन् ।

बिहीबार नै फातिमाले नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी एमसीसी कार्यान्वयनका विषयमा सहयोग गर्न आग्रह गरेकी थिइन् ।