राजनीति

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र गगन भिड्ने ! कसले मार्ला बाजी ? (भिडियोसहित)

काँग्रेसमा युवाको भिडन्त


काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि युवा पुस्ताको जमात अघि बढेको छ । जहाँ महामन्त्री पदमा तेसो पुस्ताको आकर्षणबढी देखिन्छ । के काँग्रेसमा अबको नेतृत्व युवा पुस्ताले न लेला त ?

नेपाली काँग्रेसको १४ महाधिवेशन नजिकिदै छ । महाधिवेशन नजिकिदै जादा युवा पुस्तालेशिलशिलाबद्ध रुपमामहामन्त्रीमा आफ्नो दाबेदारी घोषणा गरिरहेका छन् । बिहिवार मात्रै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदमामा उम्मेदवारी घोषणा गरे । उनलेसुन्दरीजलस्थित बीपी संग्रहालय पुगेरसाइत नै जुराएर महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरे । महामन्त्रीमा आफ्नो दाबेदार प्रस्तुत गरेका शर्माले कांग्रेसका संस्थापक बीपी कोइरालालाई सम्झिएनन् मात्रै उनको बिचार र संस्कार अनुसार पार्टी र देशलाई डो¥याउने संकल्प नै गरे ।

त्यसोत यसअघि युवा नेता गगन थापाले पनि महामन्त्रीमा आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् । महामन्त्रीमा उम्मेद्वार घोषणा गर्न चाहने तेस्रो तहका नेताको लस्कर लामै देखिन्छ । जसमा प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताउँदै आइरहेका छन् । यस्तै अनौपचारिक रुपमा सस्थापनतर्फबाट रमेश लेखक, डा. प्रकाशसरण महत, बालकृष्ण खाण लगायत महामन्त्रीमा आकंक्षी देखिन्छन् ।

यता संस्थापतन इतरतर्फ मिनेन्द्र रिजाल, धनराज गुरुङ,गुरुराज घिमिरे, लिम्पि साउथ लगयातका दर्जन भन्दा बढि नेता महामन्त्रीका लागि दाबेदारी प्रस्तुत गरिरहेक छन् । काँग्रेसको महाधिवेशनले भने दुई महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ । जहाँ दजौनौ बढि आकंक्षी देखिएका छन्। यो महाधिवेशनमा सभापतिमै आफ्नो उम्मेद्वारी नै घोषणा गरिसकेका कल्याण गुरुङ युवा नेता अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् । अहिले नेतृत्वमा रहेका नेताले ३० वर्षभन्दा बढि पार्टी र देश चलाईसकेको र उनीहरुबाट जनता, कार्यकर्ताले आश राख्न छाडिसकेको भन्दै अब देश युवा नेतृत्वमा जानुपर्नेमा उनको जोड छ ।

युवा जमात वा तेस्रो तहका नेता अघि सरिहँदा कतिपय विश्लेषक भने युवा नेताले आकंक्षा गर्नु स्वभाविक हुने बताउँछन् । तर काँग्रेसको महामन्त्री भनेको भोलिको काँग्रेसको भविष्य भएको र अबको १५ वर्ष यही महामन्त्रीहरुको नेतृत्वमा काँग्रेस रहेने भएकाले कसैलाई हराउने उदेश्यका लागि नभई आफ्ना एजेण्डासहित देश र काँग्रेसको बारेमा योजना सार्वजनिक गर्नु पर्ने विश्लेषकहरुको बुझाई रहेको छ ।

नेपाली काँग्रेसले आगामी ९ देखि १३ मंसिरमा १४ औं महाधिवेशन गर्दैछ। जसमा युवा नेताहरु सक्रिय रुपमा योजनाका साथ विभिन्न पदमा आकंक्षा देखाइरहेका छन् ।के युवा नेतृत्वले काँग्रेस हाक्ने स्थानमा पकड जमाउन सक्ला त ? यसको लागि केही समय कुर्नै पर्ने हुन्छ ।