राजनीति

एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने


काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो ४ बजे बस्नेछ ।

बैठकमा विधान महाधिवेशनमा पेश गरिने राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि छलफल गर्ने तयारी भएको छ । ६–७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तयार हुँदैछ ।

विधान संशोधन मस्यौदा उपमहासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार गरिँदैछ । स्थायी कमिटी बैठकको निर्णय २७ भदौमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ ।

एमालेले आगामी १०–१२ मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशनको मिति तय गरेको छ ।