राजनीति

सत्ता गठबन्धन नेताहरु छलफलमा


काठमाडौँ – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु अहिले बालुवाटारमा छलफलमा जुटेका छन् । देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको बैठक बालुवाटारमा सुरु भएको हो ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), मन्त्रिपरिषद बिस्तार लगायतमा विषयमा खटपट भइरहेका बेला गठबन्धनका नेताहरुले संवादलाई तीब्रता दिएका छन् । गठबन्धन भित्रै एमसीसीका बारेमा बेग्लाबेग्लै धारणा सार्वजनिक भइरहेको छ ।

नेपाली कांग्रेसले एमसीसीलाई अगाडि बढाउने अडान राखिरहेका बेला प्रचण्ड लगयताका नेताहरुले त्यसको विपक्षमा अडान लिएका छन् । यस्तै, भदौ २२ गतेपछि सरकार बिस्तार हुने बताइएकोमा ढिलाइ भएपछि पनि गठबन्धनका नेताहरु बिच खटपट भएको हो । बालुवाटारको बैठक अघि देउवा बाहेक गठबन्धनमा सामेल नेताहरुले हात्तीवनमा पनि छलफल गरेका थिए।