राजनीति

प्रवक्ता शर्माद्वारा महामन्त्रीमा उम्मेद्वारीको घोषणा


काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न १४ औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेद्वारीको घोषणा गरेका छन् । आज वीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर सुन्दरीजलस्थित वीपी संग्राहलय पुगी उनले महामन्त्रीका लागि उम्मेद्वारीको घोषणा गरेका हुन् ।

शर्माले बिहीबार दिउँसो एक बजेर ७ मिनेट जाँदा उम्मेद्वारी घोषणा गरेका छन् । उनले पण्डित वासुदेवकृष्ण शास्त्रीले निकालेको साइत अनुसार उम्मेद्वारीको घोषणा गरेका हुन् ।