राजनीति

विरोध गर्ने आफ्नै शैली, कार चढेर नै एमसीसीको विरोध


काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल भ्रमणमा आएका छन् ।उनी आउने खबरसँगै काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । तर, यसैका बाबजूद पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा विरोध प्रदर्शन भने भयो ।

संसद्को चालु अधिवेशनबाट एमसीसी पारित गराउने चर्चा चलिरहेको बेला बिहीबार बिहान कतार एयरको विमानबाट चार दिने नेपाल भ्रमणमा आएकी फातिमाको विरोध गर्न प्रदर्शनकारीहरु कार नै लिएर विमानस्थलको गेटमा पुगेका थिए । उपाध्यक्ष सुमार विमानस्थलमा उत्रिएका बेला कारमा आएका केही व्यक्तिहरूले मुख्य गेट बाहिर ‘नो एमसीसी’ लेखेका टि–सर्ट र एमसीसीविरुद्ध नाराबाजी गर्दै विरोध जनाए ।

कारभित्रबाट ‘नो एमसीसी’ लेखेका टि–सर्ट लगाएर बाहिर निस्केका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो भने कारभित्रबाटै नाराबाजी गरेका व्यक्तिलाई त्यस स्थानबाट हटाएको थियो ।