राजनीति

फातिमाको पहिलो राजनीतिक भेट एमाले अध्यक्ष ओलीसँग


काठमाडौँ — नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रक्ससहितको टोलीको पहिलो राजनीतिक भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएको छ । आज दिउँसोदेखि हुने राजनीतिक भेटघाटमा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएका हुन् ।

उपाध्यक्ष फातिमाको आज दुई ओटा कार्य तालिका रहेको छ । पहिले ओलीलाई भेट्न फातिमाको टोली भक्तपुरस्थित ओली निवास बालकोट पुग्ने छ । उनीहरुको टोली दिउँसोतिर बालकोट जाने तय भएको छ । ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, बाकीको राजनीतिक भेटघाटको लागि भोलीको समय छुट्याएको छ । भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।