राजनीति

एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौँमा


काठमाडौँ — एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा आज काठमाडौँआइपुगेका छन् । संसद्को चालु अधिवेशनबाट एमसीसी पारित गराउने चर्चा चलिरहेको बेला उनीहरू कतार एयरवेजमार्फत बिहान काठमाडौं ओर्लिएका हुन् ।

सुमार र ब्रक्स विमानस्थलबाट कमलपोखरीको मेरियट होटलमा गएका छन् । उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने तय गरिएको छ । नेपाल भ्रमणमा आउनुअघि सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी छिन् । उनले नेपालस्थित अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी हुन् ।