खेलकुद

नेपाल र बंगलादेश भिड्दै


काठमाडौँ – एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रिपूर्ण खेल अन्तर्गत आज नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दुबै देशका प्रशिक्षकले नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया जनाए ।

दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबारदेखि नेपालमा रहेको छ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न लागेको हो प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर रहेको नेपाली टोलीका मुख्य प्रशिक्ष ग्यारी फिलिप्सले बताए । खेलमा दर्शकलाई अनुमति दिइने भएको छ । एन्फाले टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रुपैयाँ तोकेको छ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपाल समूह एफ मा रहेको छ । नेपाल सम्मिलिग समूहमा हङकङ र फिलिपिन्स रहेका छन् । एसियन कप जनवरी २० देखी फेब्रुअरी ६ सम्म हुनेछ ।