राजनीति

सेनापति शर्माले आज शपथ लिँदै


काठमाडौँ – नवनियुक्त प्रधानसेनाति प्रभुराम शर्माले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीबाट शर्माले शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिने तय गरिएको छ ।

झन्डै एक लाख सैनिकको प्रमुख भएर तीन वर्ष संस्था हाँक्ने अवसर शर्माले पाउनुभएको छ । शर्मा २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहनुहुने छ । शर्माका सामु प्रशस्त चुनौती रहेको जानकारहरु बताउँछन् । शर्माले पूर्वप्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र राजेन्द्र क्षत्रीकै कार्यकालदेखि संगठनलाई माथिल्लो तहमा बसेर बुझ्ने अवसर पाउनुभएको छ ।