राजनीति

एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको जिकिर,भइसकेको सम्झौता संशोधन हुन नसक्ने (पूर्णपाठ)


काठमाडौँ – अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौताभन्दा नेपालको संविधानमाथि रहेको स्पष्ट पारेको छ । नेपाल सरकारले सोधेको विभिन्न प्रश्नको जवाफ दिँदै एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपालको संविधान नै माथि रहेको जवाफ फर्काएकी हुन् ।

एमसीसीले संसद्बाट सम्झौता अनुमोदनका लागि सकारात्मक प्रक्रिया अघि बढाएको भन्दै नेपाल सरकारलाई धन्यवादसमेत दिएको छ । एमसीसीको विषयमा अर्थ मन्त्रालयले सोधेको प्रश्नको जवाफ दिने क्रममा एमसीसी सुमारले अनुमोदनका लागि गरेको प्रयासका लागि धन्यवाद व्यक्त गरेकी हुन् । सुमार चार दिने भ्रमणको क्रममा बिहीबार नेपाल आउँदैछिन् । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि एमसीसी संसद्बाट अनुमोदन गराउन प्रक्रियाअघि बढाउन अमेरिकाले चासो बढाएको छ ।

एमसीसी सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको छ । नेपाल सरकारसँग भएको एमसीसी सम्झौता संशोधन हुन नसक्ने भन्दै अमेरिकाले जवाफ पठाएको छ । एमसिसी सामरिक सहयोग नभएको तथा यसमा उपयोग हुने जमिनमा नेपालकै स्वामित्व रहने अमेरिकाले स्पष्ट पारेको छ ।