राजनीति

नेताहरु नै आरोप–प्रत्यारोपा उत्रिएपछि (भिडियोसहित)


काठमाडौँ – राजनीतिमा फरक राजनीतिक विचारधाराका कारण पक्ष विपक्षमा एक अर्काको आलोचना गर्नु स्वभाविक हो । मुलुक र नागरिकको हितका लागि पक्ष र प्रतिपक्षमा उभिएर खबरदारी गर्नु राजनीतिक कर्तव्य पनि हो । तर विडम्बना नेपाली राजनीतिक नेतृत्व मुद्दामा भन्दा पनि सतही रुपमा रुपमा एकले अर्काको खेदो खन्न उद्दत देखिन्छन् ।

राजनीतिक दलका नेताहरुकाबीच राजनीतिक र वैचारिक मतभिन्नता राख्नु नौलो कुरा होइन । तर नेपाली राजनीतिमा वैचारिक मतभिन्नता भन्दा पनि व्यतिmगत प्रतिशोध बढी हावी देखिन्छ । एकअर्काको विरोध गरेर कार्यकर्ताबाट तालि खान नेताहरु खप्पिस देखिन्छन् । सार्वजनिक मञ्चहरुमा नेताहरु एकअर्काप्रति यति रुष्ट देखिन्छन् कि गालीगलौज र घोचपेचमा आफ्नो पदीय मर्यादा नै भुलिदिन्छन ।

पार्टी विभाजनपछि पनि एमाले र एकीकृत समावजादीका नेताहरु एकअर्कालाई घोचपेच गरेर थाकेका छैनन् । बेला बेला सार्वजनिक मञ्चमा एक अर्काप्रतिको रिसहरु व्यक्तिगत रुपमा नै छछल्किन्छन् । गतबर्ष रामकुमारी झाँक्रीको विरोधी शैलीप्रति व्याङ्ग्य गर्दै ओलीले मंगलबार क्यारिकेचर नै गर्न भ्याए ।

दुईपटक प्रधानमन्त्री समेत बनिसकेका पार्टीको अध्यक्ष जस्तो जिम्मेवार पद सम्हालि रहेका केपी शर्मा ओलीको यो भाषाणले सबैलाई सोच्न बाध्य पारेको छ । उनले पदीय मर्यादा नै भुलेरै आफूभन्दा तल्ला तहका नेताहरु विरुद्ध यसरी खनिनुले धेरैको ध्यानकर्षण भएको हो । दलहरुमा गालीगलौज र घोचपेचको संस्कृति बढ्दो छ ।

नेताहरूका घोचपेच र गालीगलौजले उनीहरुलाई मात्र गिज्याइरहेको नभई मुलुकमा कस्तो राजनीतिक संस्कृतिको विकास भईरहेको भन्ने उजागर गरेको छ । नेताहरुको यो अपाप्च्य शैलीप्रति भाषाका ज्ञाताहरु समेत रुष्ट बनेका छन । नेपालका नेताहरुमा राजनीतिक आचरण शुन्य भएको उनीहरुको तर्क छ ।

राजनीति मुलुक सञ्चालनको मेरुदण्ड हो, यसको नेतृत्व गर्ने नेताहरुले नै हो । त्यसैले राजनीतिमा सधै प्रभावशाली नेतृत्वको खोजी हुन्छ । नेताहरुको खराव आचरणले गर्दा धेरैले राजनीतिलाई फोहोरी खेलको संज्ञा दिँदै आएका छन् । अझ पछिल्लो समय राजनीतिक नेतृत्वले दिएको यो संस्कृतिले राजनीतिप्रति जनतामा थप वितृष्ण फैल्याउने काम गरेको छ ।