राजनीति

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल एमालेले अवरुद्ध पारेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठेको बताए । यो विषयको निरुपण नभएसम्म बैठक चल्न नदिने उनले बताए । त्यसपछि एमाले सांसदहरु सिटबाट उठेका थिए ।