Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

मनोरञ्जन

भारतीय अभिनेता अक्षय कुमारलाई मातृशोक


काठमाडौँ – भारतीय चलचित्र क्षेत्रका अभिनेता अक्षय कुमारको आमाको बुधबार बिहान उपचारको क्रममा निधन भएको छ । अक्षयकी आमा अरुणा भाटियाको मुम्बईस्थित हिरानन्दानी अस्पतालमा मृत्यु भएको हो ।

यो समाचारको पुष्टि अभिनेता अक्षय कुमारले नै गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आमाको मृत्युबारे जानकारी गराएका हुन् थिए । आमा भाटियाको स्वास्थ्य बिग्रदै गएपछि उनलाई आईसीयूमा उपचार गराईरहेको थियो । आमाको स्वास्थ्य बिग्रदै गएपछि उनी लन्डनमा भइरहेको छायांकन बीचमै रोकी गत सोमबार मात्रै भारत आएका थिए ।