राजनीति

एमसीसी यथास्थितिमा पारित हुँदैन, आवश्यक परे सडकमा जान्छौं : प्रचण्ड


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुने बताएका छन् । एमसीसीले निकालेका बुँदाको हुबहु कार्यान्वय हुने गरी पारित नहुने बताएका हुन् । यदि अमेरिकाले दिने सहयोग स्वरुपको अनुदान लिने नै भए देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको उनको भनाइ छ ।

बुधबार काठमाडौँमा आयोजित सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औँ स्मृति कार्यक्रममा प्रचण्डले बोल्दै एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको पनि बताए । प्रचण्डले देशभित्रबाट पनि र देश बाहिरबाट पनि गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका हुन् । एमसीसी समाधान सकारात्मक ढंगले होस र देशलाई क्षति नहोस भन्ने चाहेको उहाँको भनाई छ ।

फरक प्रसंगमा बोल्दै उनले माओवादी आन्दोलनलाई बचाउन सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने र आफू त्यसका लागि तयार रहेका पनि बताए ।