काठमाडौँ – तालिवान समूहले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको छ । तालिवानका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानको नयाँ प्रधानमन्त्री बन्ने छन् ।
उपप्रधानमन्त्रीको जिम्मेवारी अब्दुल गनी बरादरले लिने छन् । सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री, मुल्लाह याकूब रक्षामन्त्री र आमिर खान निमित्त विदेशमन्त्री बन्ने छन् । तालिबान सरकारले शुरूमा गर्नुपर्ने काममा देशको अर्थतन्त्रलाई स्थिर बनाउनु, अन्तर्राष्ट्रिय मान्यता खोज्नु र बढ्दो मानवीय संकटलाई सम्बोधन गर्नु हुने छ । तालिवानले तीन साताअघि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको थियो ।


प्रतिक्रिया