राजनीति

संसद् अधिवेशन आजबाट सुरु, यी अध्यादेश पारित गर्ने तयारी


काठमाडौँ – संघीय संसदको अधिवेशन आज सुरु हुँदै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन अपराह्न ४ बजे सुरु हुने छ ।

दल विभाजनसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश र विधेयक पारित गर्ने सरकारको तयारी छ । सरकारले एमसीसी लगायतका अध्यादेश अघि बढाउने प्रयोजनका लागि १९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।

तर, सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष र सभामुखप्रति रष्ट बन्दै गएको नेकपा एमाले संसद्को बैठक नै अवरुद्ध गर्ने तयारी गरेमा छ । पहिले सभामुख र सरकारलाई गम्भीर प्रश्न गर्ने, चित्तबुझ्दो जवाफ नआए संसद् नै अवरुद्ध पार्ने एमालेको तयारी छ ।