राजनीति

एमसीसीबारे बुझेर मात्र बोल्न सांसद्हरुलाई प्रधानमन्त्री देउवाले दिए निर्देशन


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेर मात्र बोल्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर उठाएको प्रश्नको जवाफमा देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताउनुभयो । देउवाले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलिएको जिकिर गर्नुभयो ।