राजनीति

अमेरिकाबाट सकारात्मक जवाफ नआए एमसीसी पास हुँदैन : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाले सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने बताउनुभएको छ ।

मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने बताउनुभएको हो ।

प्रचण्डले एमसीसीकै कारण सत्ता गठबन्धन अप्ठेरोमा नपर्ने पनि दाबी गर्नुभयो । सरकारले हालै एमसीसीबारे उठेका विभिन्न ११ प्रश्न समावेश गरेर एमसीसीलाई पत्र पठाएको थियो । त्यसको स्पष्ट जवाफ आएपछि एमसीसी अगाडि बढाउने तयारी सरकारको छ । बैठकले वाईसीएलको संयोजकमा सुमन देवकोटा र सह–संयोजक सुमन सिर्पालीलाई चयन गरेको छ ।