राजनीति

वाईसीएलको संयोजकमा देवकोटा चयन


काठमाडौँ – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।

त्यस्तै उपसंयोजकमा धिरज सेर्पाली चयन भएका वाईसीएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि संयोजक चयन गर्न सकेको थिएन । संयोजकमा देवकोटा र सेर्पालीले दावी गरेका थिए ।